भिमसेन गोला माध्यमीक विद्यालयको सहयोगमा सञ्चालीत देउराली डोजोको बिहिबार उद्घाटन भयो । डोजोको नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले उद्घाटन गरे । साफ स्वर्ण पदकधारी कुशल श्रेष्ठको प्रशिक्षणमा रहेको डोजोको बेल्टटेस्टमा सफलता पाउने खेलाडीलाई प्रमाणपत्र पनि प्रदान गरियो । कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी सहित देउराली क्लबका अध्यक्ष अर्जुन राना, उपाध्यक्ष लीलेश्वर प्रधान, विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राजेश जोशी, तेक्वान्दो प्रशिक्षक अर्जुन भक्त राइ र विद्यालय प्रधानाध्यापक गणेश कुमार राइ लगायतको उपश्थिती थियो । डोजोमा भिमसेन गोला माध्यमीक विद्यालयका विद्यार्थीनै खेलाडीका रुपमा रहेका छन् ।
निम्न तथा मध्यम बर्गीय विद्यार्थी अध्ययनरत विद्यार्थीहरु भए पनि खेलाडीको स्तर राम्रो भएको प्रशिक्षक श्रेष्ठले बताए । कुनै समय देउराली क्लबले नै उत्पादन गरेका सुधीर नेवा लगायतले नेपाली करातेमा राम्रो छाप छाडेका थिए ।
नेपाल शितोरियो कराते संघ देउराली डोजो को स्थापना गरी यस् ठाउँको पुरानो करातेको साख जोगाउने प्रयास गर्दैछौ / हाल भिमसेनगोला माद्यामिक बिद्यालय का विद्यार्थी हरुका साथ् अरुहरु पनि प्रशिक्षण् गर्दैछन बिशेष धन्यवाद भिमसेनगोला माद्यामिक बिद्यालय संचालक समिती का अधक्ष्य आदर्णीय दाई राजेश जोशी, प्रिन्सिपल गणेश राइ ज्यु लगायत स्कुल परिवार, देउराली क्लब का अधक्ष्य अर्जुन राना, उपाधक्ष्य लिलेश्वर प्रधान, साथै सम्पूर्ण पधाधिकारि ज्यु हरु, कराते का सिनियर दाई हरु तुलसी कुमार महर्जन, लिलेन्द्र प्रधान, सिंह बहादुर राना लगायतहरु , नेपाल शितोरियो कराते संघ का अधक्ष्य दावा गुरुङ तथा नेपाल कराते महासंघ का महासचिब हरीशरण केशी लगायत सबै लाई धन्यवाद/
कुशल श्रेष्ठ
प्रमुख प्रशिक्षक
नेपाल शितोरियो कराते संघ
देउराली डोजो